News
छैटौं पश्चिम म्याग्दी कप तथा जिल्ला स्तरीय पुरूष एवंम् खुल्ला महिला फुटबल प्रतियोगिता असोज २८ देखी

दरबाङ । पश्चिम म्याग्दी दरबाङ युवा क्लब, मालिका-६ को आयोजनामा असोज २८ देखी मालिका गाँउपालिका -६ दरबाङमा छैटौं पश्चिम म्याग्दी कप तथा जिल्ला स्तरीय पुरूष एवंम खुल्ला महिला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ।
पुरूष तर्फको विजेताले १,००,०००/- तथा उपविजेताले ६०,०००/- रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिल तर्फको विजेताले २५,०००/- तथा उपविजेताले १५,०००/- रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताए ।
यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच र उत्कृष्ट खेलाडी ,सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट रक्षकलाई उपहारको र सेमिफाइनल बाट बाहिरीने वा अनुशासित टिमलाई रू १०,०००/- हजार पुरस्कार रहेको छ । त्यसैगरी प्रौढतर्फ प्रथमलाई बोका तथा दोस्रो हुने लाई २ वटा भाले रहेको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने