News
दोस्रो बेलका गोल्डकप स्थगित (पत्रसहित)

बेलका । ब्रदरहुड फुटबल क्लब, बेलका, उदयपुरको आयोजनामा यही असोज १७ गतेदेखि २४ गतेसम्म बेलका–६ स्थित लेकाली खेलमैदानमा हुने भनिएको वाईवाई दोस्रो बेलका गोल्डकप स्थगित भएको छ ।
प्रतिकुल मौसम र विविध कारणका बीच प्रतियोगिता अर्को सूचना जारी नगर्दासम्मका लागि स्थगित गरिएको आयोजक क्लबका अध्यक्ष रविन तामाङले जानकारी दिए ।
क्लबले आधिकारिक विज्ञप्ती समेत जारी गर्दै प्रतियोगिता स्थगन गर्नुपरेकोजानकारी दिएको छ ।
हेर्नुहोस पत्रः
Post Comments