News सुनौलोलाई निराश पार्दै सौभाग्य क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । प्रतिस्पर्धात्मक जितका साथ सौभाग्य युवा क्लब बुटवलमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ सौभाग्यले बलियो सुनौलो संगम युवा क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो ।


सौभाग्यको जितमा सुबास क्षेत्री र मनोज रसाईलीले गोल गरे । उता पराजित सुनौलोका लागि रितेश मल्लले सान्त्वना गोल फर्काएका थिए । खेलमा म्यान अफ द म्याच सौभाग्यका प्रिन्स गुरुङ घोषित भए ।


सौभाग्यले क्वाटरफाइनलमा हरिहरपुर एफसीसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत मंसिर २५ गते बिहीबारको खेल फर्साटिकर युवा क्लब र मैत्री युवा क्लबबीच हुने खेल संयोजक आशिष पाडेले बताए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।


त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ । 

Post Comments