News बिकास निर्णायक बन्दा शिवनगर क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । साँघुरो जितका साथ शिवनगर युवा क्लब यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–७ स्थित सिद्धेश्वरी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा शिवनगरले राधाकृष्ण युवा क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

शिवनगरको जितमा बिकास थापाले एक मात्र निर्णायक गोल गरे । खेलको निर्णायक गोलकर्ता विकास थापा नै म्यान अफ द म्याच समेत चुनिए । क्वाटरफाइनलमा शिवनगरले भैरहवा–११ सँग खेल्नेछ ।

झरनाको पनि साँघुरो जित

त्यस्तै बुधबार नै भएको अर्को खेलमा झरना स्पोर्टस क्लबले डि युनिटी क्लबलाई १–० ले हरायो । र प्रिक्वाटरफाइनलमा प्रवेश गर्यो । झरनाको जितमा म्यान अफ द म्याच समेत घोषित ओम प्रकाश थापाले एक मात्र निर्णायक गोल गरे ।

बिहीबारका दुई खेलहरु

प्रतियोगिता अन्तरगत मंसिर २५ गते बिहीबार पनि दुई खेलहरु हुने भएका छन् । पहिलो खेल सिद्धार्थ युवा क्लब र चरङे युवा क्लबबीच हुनेछ भने दोस्रो खेल आयोजक सौभाग्य युवा क्लब र मजुवा एफसीबीच हुने प्रचार प्रसार संयोजक कृष्ण कुमालले बताए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले जानकारी दिए । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङले बताए ।

Post Comments