News आयोजक झरना फाइनलमा, उपाधिका लागि लिस्नुसँग भिड्ने
सुरज राना मगर

कुञ्जलापुर । आयोजक झरना स्पोर्टस क्लब, कुञ्जलापुर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति ३६औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा झरनाले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई ३–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा झरनाका सन्तोष खत्री म्यान अफ द म्याच चुनिए ।

अब असोज १९ गते शनिबार हुने फाइनलमा झरनाले तिलोत्तम नगर कै शहरी प्रतिद्वन्द्वी लिस्नु युवा क्लब, कोटिहवासँग उपाधिका लागि भिड्नेछ ।

स्व. खगी गुरुङसेनीको स्मृतिको उनको श्रीमान तथा वरिष्ठ समाजसेवी क्याप्टेन नरजंग गुरुङले प्रायोजन गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८१ हजार प्राप्त गर्नेछ । 

Post Comments