झापा । गेरबाबा फुटबल क्लब र सुकेडाङ्गी फुटबल क्लब यहाँ जारी राइजिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै खेलमा टाईब्रेकरबाट नतिजा निकाल्दै गेरबाबा र सुकेडाङ्गी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
क्वाटरफाइनलतर्फ गेरबाबाले मुनल्याण्ड स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टु.गिएपछि टाईब्रेकरमा गेरबाबाले ५–४ को जित निकाल्दै अीन्तम चारमा स्थान पक्का गर्न सफल भएको हो ।
अर्को क्वाटरफाइनलमा सुकेडाङ्गीले त्रिवेणी फुटबल क्लबलाई टाईब्रेकरमा हरायो । सो खेल पनि निर्धारित समयतर्फ १–१ को बराबरीमा सकिएको थियो । टाईब्रेकरमा भने सुकेढाङ्गीले ४–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो ।
राईजिङ एफसी, झापा गाउँपालिका–१, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल यही असोज २३ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा