News
राष्ट्रिय खेलाडी सुवास गुरुङ पनि विदेशिए

काठमाडौं । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी साथै चर्च ब्वाईज युनाइटेडलाइै गत सिजन ए डिभिजन लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका सुवास गुरुङ पनि सुन्दर भविष्यको खाका कोर्दै अष्ट्रेलियालाई गन्तव्य बनाएर बिदेशिएका छन् ।
वालिङ, स्याङ्जा स्थायी घर भई लामो समयदेखि नेपाली फुटबलमा सक्रिय सुवासले चर्च ब्वाईज युनाइटेड बाहेक, घरेलु टोली वालिङ युनाइटेडसँगै संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब जस्ता चर्चित क्लबहरुबाट व्यवसायीक फुटबल पनि खेले ।
केही समय नेपालको राष्ट्रिय टोलीबाट समेत खेलेका सुवासले अन्य खेलाडीसरह नेपालमा फुटबल मै आफ्नो भविष्य नदेखिएपछि विदेशलाई नै अन्तिम गन्तव्य बनाएका छन् ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय