News बुढानिलकण्ठ कपः तेस्रो दिन चार खेलहरु सम्पन्न
गोलनेपाल

काठमाडौं । नवौं बुढानिलकण्ठ कप फुटबल प्रतियोगिताको तेश्रो दिनका खेलहरु सम्पन्न भएको छ । पहिलो खेलमा बु न पा ४ निलकण्ठ युवा समिती A र बु न पा १० बीच भएको थियो । पहिलो खेलमा बु न पा १० ले ४-१ को जित निकाल्दै अर्को चरणको यात्रा तय गरेको छ । अविनाश गौतमको दुई गोल र प्रविन को दुई गोलको मद्दतले बु न पा १० ले पहिलो जित निकालेको हो । निलकण्ठको लागी १ गोल स्पन्दनले गरेका थिए ।

दोश्रो खेल बु न पा २ वाशिकु क्लब र नीलकण युवा समिती B बीच भएको थियो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा पहिलो गोल वाशिकु क्लबका निरज श्रेष्ठले गरेका थिए भने नीलकण का सन्जीब ले बराबरी गरेका थिए । पेनाल्टी सुट आउटमा ३-१ ले वाशिकुले नतिजा आफ्नो पक्षमा पार्न सफल रहयो ।

त्यस्तै तेश्रो खेलमा साबिक बिजेता शिवपुरी नव जाग्रीत क्लब बु न पा ३ ले नयाँ जागरण क्लब बु न पा ७ लाई ०-२ गोल अन्तरले पारजित गर्न सफल रहयो । शिवपुरीको लागी बिबेक पण्डितले पहिलो गरेका थिए । दोश्रो गोल भने रोशन ठकुरीले गर्न सफल भए । थप एक गोल गरे संगै प्रतियोगिताको धेरै गोल गर्ने खेलाडीको रेसमा आफुलाई आगाडी राखेका छन् । हाल सम्म उनले ५ गोल गरिसकेका छन ।

अन्तिम खेलमा बु न पा १ को तौलुंग स्पर्ट्स एकेडेमी र बु न पा २ को नव रुद्रेश्वोर युवा क्लब बीच प्रतिशप्रधात्मक बनेको थियो । उक्त खेलमा तौलुंग स्पर्ट्स एकेडेमी माथि २-१ को जित हासिल गर्दै नव रुद्रेश्वोर क्लबले अगिल्लो चरणमा आफ्नो यात्रा तय गर्यो । तौलुंग स्पर्ट्स एकेडेमीका बिशाल राईले गोल गरेका थिए भने नव रुद्रेश्वोरको लागी अमिर नगरकोटी र सागर रुम्बाले गोल गरेका थिए ।

विजयादशमीको अवसर पारी बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments