News
नेता चोक फाइनलमा प्रवेश

रंगेली । समाजसेवा युवा क्लब, रंगेली–४, आमतोला, मोरङको आयोजनामा जारी दशैं कपतर्फ रोमाञ्चक जित निकाल्दै नेता चोक टाईगर क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलतर्फ नेता चोकले सिद्धार्थ युवा क्लबलाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा नेता चोकका नबिन माझी म्यान अफ दि म्याच घोषित भए । उनलाई मिनिल्याण्ड अंग्रेजी बोर्डिङ स्कुलद्वारा प्रायोजित पुरस्कार प्रदान गरिएको थियो ।
Post Comments