News बाजुरामा शुरु भयो छैठौं छेडेदह गोल्डकप
गोलनेपाल

दोगडी । छेडेदह स्पोर्टस क्लब, खप्तड छेडेदह, बाजुराको आयोजनामा जिल्ला कै सर्वाधिक धनराशीको छेडेदह गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम कै अवसर पारी मैत्रीपूर्ण फुटबल म्याच समेत आयोजना गरिएको थियो । प्रतियोगिता अन्तर्गत कार्तिक ४ गते आइतबार चार खेलहरु हुने खेल संयोजक कृष्ण ओलीले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन छेडेदह गाउँपालिकाका अध्यक्ष नर बहादुर रावल लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

कुल ११ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ ।

राष्ट्रिय खेलाडी सरिता नाथ सम्मानित

त्यस्तै सोही अवसरमा राष्ट्रिय फुटबल खेलाडी सरिता नाथ गृहजिल्ला बाजुरामा सम्मानित भएकी छिन् । नेपालको यु–२० महिला फुटबल टोलीबाट खेलिसकेकी सरिता नेपालका लागि खेल्ने बाजुराकी एक्लो खेलाडी समेत हुन् ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताका खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments
Advertisement Yamaha Nepal