काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटमा सहभागी हुन कतार जाने नेपाली राष्ट्रिय–१७ फुटबल टोलीमा मकवानपुरका तिन खेलाडी परेका छन ।
फुटबलको उर्बर भुमी भनेर चिनिने मकवानपुर बाट पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा मात्र नभई युथ लेभलको राष्ट्रिय टिममा समेत मकवानपुरे खेलाडीको दबदबा रहेको छ । जसमा गोलरक्षक बिशेष बानियाँ डिफेन्डर भुवन कामी र फरवार्ड सन्तोष गोङ्बा रहेका छन ।
बिशेष बानिया (गोलरक्षक)
हेटौडा घर भएका बिशेष एन्फाको युथ परियोजना अन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा रहेर प्रशिक्षण गरेका खेलाडी हुन । उनी ल्याबोरेटरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छन । एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगितामा पनि उनी सहभागी भएका थिए । उनी सानै देखी फुटबलमा रुची राख्थे । उनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिताहरु सैनीक कप, आईजिपि कप लगाएतको प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गरेर आफुलाई प्रमाणित गरिसकेका छन । बिशेष न्युरोट टिम एन आर टि को युथ १८ टिमको खेलाडी समेत हुन ।
भुवन कामी (डिफेन्डर)
सात बर्षको उमेरमा बिजुलिको ट्रान्सफर्मरमा परेर दोस्रो जिवन पाएका भुवनको बाल्यकाल दुखै दुखमा बितेको छ हेटौडा–१० भुटनदेबी रोड बस्ने भुवन पनि एन्फाको युथ परियोजना अन्तर्गत त्रिभुवन आर्मी युथ एकेडेमीमा रहेर प्रशिक्षण गरिरहेको खेलाडी हुन । उनी सैनिक स्कुलमा कक्षा ९ मा अध्ययन गर्छन । उनी सानै देखी फुटबलमा रुची राख्थे । उनले स्कुल लेभलको प्रतिष्ठित प्रतियोगिता सैनीक कपका इर्मजिङ खेलाडीको उपाधी जितेका थिए । एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगिता र भर्खरै सम्पन्न साफ अन्डर १७ प्रतियोगितामा महत्वपुर्ण खेलाडी हुन ।
सन्तोष गोङबा (फरवार्ड)
हेटौडा घर भएका सन्तोष निकैनै मेहेनती खेलाडी हुन । उनि हेटौडाको नारायणी कलेजमा ११ मा अध्ययनरत छन । एक बर्ष अघि भुटानमा भएको साफ अन्डर १६ फुटबल प्रतियोगिता र भर्खरै सम्पन्न साफ अन्डर १७ प्रतियोगितामा महत्वपुर्ण खेलाडी हुन । स्थानिय प्रतियोगितामा आफुलाई प्रमाणित गरेका सन्तोष न्युरोट टिम एन आर टि को युथ १८ टिमको खेलाडी समेत हुन ।
स्मरण रहोस, एएफसी यु–१७ एसियन कप छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपालले आयोजक कतारसँगै बलियो जापान र मंगोलियासँग खेल्ने कार्यक्रम छ । समूहको पहिलो खेलमा नेपालले बुधबार जापानसँग खेल्नेछ । सोही दिन कतारले मंगोलियाको सामना गर्नेछ ।