News शानदार जितका साथ गाईघाट सेमिफाइनलमा
गोलनेपाल

बेलका । उत्कृष्ट जितका साथ गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी वाइवाई दोस्रो बेलका गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । लेकाली रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा फेयर फुटबल क्लब, धरान सुनसरीलाइ ५-० गोल अन्तरले पराजित गर्दै गाइघाट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

गाइघाट एफसिको जितका लागि सुदिप श्रेष्ठले दुइ, युवराज थापा, अर्जुन मगर र प्रताप राइले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच सुदिप श्रेष्ठ घोषित हुँदै पच्चिस सयका साथ ट्रफि प्राप्त गरे । 

प्रतियोगिता अन्तर्गत कार्तिक ६ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटर फाइनलमा दुधौली स्पोर्टस क्लब, सिन्धुली र राष्ट्रिय जागृति क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

ब्रदरहुड फुटबल क्लब, बेलका, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १० गतेका दिन हुनेछ ।

Post Comments