मेचीनगर । झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा फुटबल प्रतियोगितामा ब्रदर्श युनाइटेड चन्द्रगढीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिमबाट निर्धारित समयमा समान २/२ गोल भएपछि खेलको नतिजा ट्राइब्रेकरबाट लिइएको थियो । जसमा आयोजकले ३-१ गोलअन्तरले बाजी मार्यो ।
अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा दुवै टिमले पहिलो हाप गोलरहित खेले । दोस्रो हापको १० औं मिनेट अर्थात खेलको ४५ मिनेटमा आयोजकको तर्फबाट मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यो अग्रता लामो समय टिकेन खेलको ५२ औं मिनेटमा ब्रदर्श युनाइटेड चन्द्रगढीका बबिन बोहराले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।
त्यस्तै खेलको ५८ औं मिनेटमा ब्रदर्श युनाइटेडको तर्फबाट सबिन मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको अतिरिक्त समयमा आयोजकका विशाल ले गोल गर्दै टिमलाई हारबाट जोगाए । निर्धारित समयमा समान गोल भएपछि खेल ट्राइब्रेकरमा गएको थियो !
ट्राइब्रेकरमा आयोजकले ३ गोल गर्दा ब्रदर्श युनाइटेडको तर्फबाट १ गोल मात्रै भयो । जीतसंगै आयोजकले अब बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा शनिश्चरे फुटबल क्लबसंगको भेट पक्का गरेको छ । आजको खेलको म्यान अफ द म्याच विजेता टिमका गोलरक्षक युवराज पुरी घोषित भए ।
इट्टाभट्टा फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ९ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा