पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं १ मा आजबाट सुरु भएको प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा उर्लाबारी भेट्रान्स विजयी छ । मोरङको उर्लाबारी भेट्रान्सले झापाको दुधे भेट्रान्सलाई ४-१ गोल अन्तरले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको छ ।
उर्लावारी भेट्रान्सका लागि खेलको ४ मिनेटमै खेम पोखरेल गोलको खाता खोलेका थिए । त्यसको ३ मिनेटमै दुधे भेट्रान्सका भीष्म खरेलले १ गोल फर्काए पनि हार बेहोर्नु परेको छ ।
उर्लावारी भेट्रान्सका गंगा कार्कीले खेलको १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ३०औं मिनेटमा खेम पोखरेलले ब्यात्तीगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई ३-१ को अग्रता बनाए ।
पहिलो हाफ ३-१ को अग्रता बनाएको उर्लाबारी भेट्रान्सका लागि दोस्रो हाफमा गुल्सन तामाङले थप एक गोल गर्दै ४-१ गोल अन्तरले खेल आफ्नो बनायो । खेलको' भेट्रान्स अफ दि म्याच' उर्लाबारी भेट्रान्सका गंगा कार्की घोषित हुदै नगद १५ सय प्राप्त गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ केन्द्रीय सदस्य दिपेन्द्र धिमालले पुरस्कृत गर्नुभयो । भोलि खेल पथरी भेट्रान्स र मिल्स भेट्रान्स बिच हुने आयोजक कमिटिका सदस्य दिपक पुलामीले बताए ।
प्रतियोगिता पथरी शनिश्चरे भेट्रान्स एफ सि पथरी शनिश्चरेको आयोजनामा र पथरी शनिश्चरे वडा नं १ को मुख्य सहयोगमा संचालन भएको छ । पथरी शनिश्चरे जाँते मोड स्थित दिपेन्द्र स्मृती खेल मैदानमा कार्तिक ८ गते देखि सुरु भएको प्रतियोगिताको फाईनल खेल कार्तिक १४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार र उपविजेताले पच्पन्न हजार प्राप्त गर्ने छ ।