News
दीपशिखा ब्जाइजलाई रामेछाप कपको उपाधि
मन्थली । तेस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजक दीपशिखा ब्जाइज युनाइटेड क्लब मन्थलीले जितेको छ । बिहीबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय रामेछापलाई २–० गोलले हराउँदै आयोजक दीपशिखा ब्जाइज युनाइटेडले उपाधि जितेको हो।
उपाधिसँगै दीपशिखा ब्जाइज युनाइटेडले ३ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता जिल्ला प्रहरी कार्यालय रामेछापले २ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो। फाइनल खेलमा पहिलो हाफको १३ औँ मिनेटमा नै दीपशिखा ब्जाइज युनाइटेडले अमित तामाङ्को फ्री–किक मार्फत गोल गरेपछि अग्रता लिएको थियो ।
त्यसपछिको खेलमा पनि दीपशिखा ब्जाइज युनाइटेडको सुनिल खड़काले अर्को एक गोल थपे। यस अघिका खेलहरूमा राम्रो प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले फाइनलमा भने एक गोल पनि गर्न सकेन ।
प्रतियोगिताको उत्कृष्ट गोल रक्षक दीपशिखाका जियारथ शेख ,उत्कृष्ट डीफ़ेण्डर जि प्र का रामेछापका आयुस राना , उत्कृष्ट खेलाडि दीपशिखाका सुनील खड़का,सार्बाधिक गोलकर्ता दीपशिखाका अमित तामाङ् संगै उत्कृष्ट कोच दीपशिखाका दीपेस कार्की घोसित भएका छन भने जनही ५ हजार पाएका छन।
यही कात्तिक ५ गतेदेखि सुरु भएको तेस्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिता मन्थली नगरपालिकाको मुख्य प्रयोजनमा दीपशिखा ब्जाइज युनाइटेड क्लबले मन्थलीमा आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ९ टिमले सहभागिता जनाएको आयोजक दीपशिखा ब्जाइज युनाइटेड क्लबको सचिब किशोर थापाले जनाएका छन।
Post Comments