
पाँचथर । फाल्गुनन्द २ स्थित इम्बुङमा कात्तिक २७ गतेदेखि हुने पुरुष फुटबल प्रतियोगिताको खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ ।
ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा टिवाईसी नवमी डाँडाले नाम्तोक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
टु स्टार ग्रामीण सिर्जनशील क्लब इम्बुङले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी छन् । जसमा नेम्बाङ केलाङ समाज र त्रिवेणी युथ क्लब, फाक्चुवा फासिङ्ला युवा क्लब र तुम्बेवा फुटबल क्लब तथा आयोजक टु स्टारले नुमाफुङ युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार पाउने क्लबका अध्यक्ष अर्जुन नेम्बाङले जानकारी दिए । उनका अनुसार उपविजेता बन्ने पुरुष टोलीले नगद ७० हजार र आकर्षक ट्रफी पाउने छ ।
फाइनल खेल मंसिर २ गते हुने क्लबका उपाध्यक्ष विजय नेम्बाङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सत्यहाङमा मावि इनमको खेलमैदानमा सञ्चालन हुनेछ ।
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण