News
एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठको १०औं स्मृति सभा एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भएको छ।
सभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायत अन्य पदाधिकारीहरू, निवर्तमान पदाधिकारीहरू, खेलाडीहरु, रेफ्रीहरू, तथा फुटबलका अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उपस्थित सबैले पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठको सालिकमा फूल तथा माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सभापछिको कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले पूर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठका छोरा तथा छोरीको शिक्षाका लागि एन्फाले प्रदान गर्दै आएको मासिक रु.५० हजार सहयोग स्नातक तहसम्मको लागि निरन्तरता दिने घोषणा गरे।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान