News
जावलाखेल र पुलिसलाई तीन–तीन अंक
काठमाडौं । बुधबारदेखि पूनः सुचारु भएको ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबले महत्वपूर्ण जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा जावलाखेलले न्युरोडटिम (एनआरटी) माथि २–१ को रोमाञ्चक जित निकाल्दै आफ्नो खातामा महत्वपुर्ण तीन अंक जोड्यो ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा उत्कृष्ट लयमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि ७–० को एकतर्फी जित निकाल्दै महत्वपुर्ण तीन अंक जोड्न सफल भयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल १२ ए डिभिजन टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको समापन आगामी पुष १६ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने