News
सिनियर टिममा निराजनको डेब्यु
काठमाडौं । गत भदौमा नेपाल मै सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फाइनलसम्म पुर्याएका उदियमान फरवार्ड निराजन धामीले अन्तर्राष्ट्रिय फुटबलमा सिनियर टिमका लागि डेब्यु गरेका छन् ।
बुधबार दुशान्बेमा सम्पन्न ताजिकिस्तान विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा निराजनले नेपालको सिनियर टिमका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । खेलको ७४औं मिनटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै निराजनले सिनियर टिममा डेब्यु गरे ।
यद्यपि उनको त्यो डेब्यु खेल सुखद भने बन्न सकेन । सो खेलमा नेपालले तुलनात्मक रुपमा बलियो देखिएको घरेलु टोली ताजिकिस्तानसँग ४–० को हार बेहोर्न पुगेको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)