News
अभिषेक र रणदिपको डेब्यु
काठमाडौं । युवा खेलाडीहरुले सिनियर पुरुष फुटबल टोलीमा निरन्तर अवसर पाइरहेका बेला शनिबार थप दुई युवा खेलाडीले नेपालका लागि सिनियर टिममा अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।
शनिबार दुशान्बेमा भएको फिफा फ्रेन्डली म्याचतर्फ अभिषेक वाईबा र रणदिप पौडेलले नेपालका लागि सिनियर टिममा अन्तर्राष्ट्रिय डेब्यु गरे । खेलको अन्तिमतिर अभिषेक आयुष घलानको स्थानमा मैदान प्रवेश गरेका थिए भने रणदिपले अभिषेक लिम्बुको स्थानमा मैदान प्रवेश गरेका थिए ।
खेलमा नेपालले जित हात पारेपछि दुवै खेलाडीका लागि अफगानिस्तान विरुद्धको त्यो खेल सुखद डेब्यु पनि बन्यो । स्मरण रहोस, अभिषेक र रणदिपले यसअघि नेपालको युथ टिमबाट भने खेलिसकेका छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा सुधार
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)