News
एसियन गेम्सः साविक विजेता दक्षिण कोरिया र जापान फाइनलमा
काठमाडौं (एजेन्सी) । जापानमा जारी एसियाली खेलकुद (एसियन गेम्स) को पुरुष फुटबलतर्फ साविक विजेता दक्षिण कोरिया र आयोजक जापान फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा दक्षिण कोरियाले चीनमाथि २–१ को जित निकाल्यो । दोस्रो सेमिफाइनलमा भने जापानले उज्वेकिस्तानलाई पेनाल्टी शुटआउटमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
अब ३ अक्टोबरका दिन हुने फाइनलमा दक्षिण कोरिया र जापान स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सोही दिन तेस्रो स्थान र काँस्य पदकका लागि उज्वेकिस्तान र चीन पनि भिड्ने छन् ।
Post Comments