News
सहज जितका साथ पुलिसको शिर्षता यथावत

काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत उत्कृष्ट लयमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले लिगतालिकामा आफ्नो शिर्षतालाई यथावत राखेको छ ।
बुधबार भएको ११औं चरणको पहिलो खेलमा पुलिसले चर्च ब्वाईज युनाइटेडलाई ३–१ ले हरायो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका लागि कप्तान सुवास बमले दुई गोल गर्दा थप एक गोल चिरन कार्कीले गरे ।
यो जितपछि ११ खेलबाट २६ अंक जोडेको पुलिस शिर्ष स्थानमा यथावत छ । उता पराजित चर्च ब्वाईज भने समान खेलबाट १४ अंकसहित लिगतालिकाको नवौं स्थानमा रहेको छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न