News
हात्तिवन पुर्खा स्मृति गोल्डकप पौष १६ गतेदेखि

सरावल । श्री सम्मेमाई सामुदायिक युवा क्लब, सरावल–४, हात्तिवन, नवलपरासीको आयोजनामा आउँदो पौष १६ देखि माघ २ गतेसम्म हात्तिवन पुर्खा स्मृति गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सरावल–४, हात्तिवन, नवलपरासी स्थित आयोजक क्लब कै मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको खेल संयोजक श्रीकान्त साहनीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक साहनीले बताए ।
साथै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9807402843, 9811479523 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
Post Comments