News
जावलाखेल र थ्रीस्टारलाई तीन–तीन अंक
काठमाडौं । जावलाखेल युथ क्लब र थ्रीस्टार फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत आ–आफ्नो खेलहरुमा जित निकाल्दै महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दिनको पहिलो खेलमा जावलाखेलले एफसी खुमलटारलाई ३–१ ले हराउँदै खातामा तीन अंक जोड्यो ।
यो जितपछि ११ खेलबाट जावलाखेलको खातामा १७ अंक भएको छ । पराजित खुमलटार भने ४ अंकका साथ पुछारतिरै संघर्षरत छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा थ्रीस्टारले मनाङ मस्र्याङ्दी क्लबमाथि १–० को झिनो अन्तरको जित निकाल्यो ।
यो जितपछि थ्रीस्टारको ११ खेलबाट १९ अंक छ र लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित मनाङको भने समान १९ अंकका साथ चौथो स्थानमा छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने