News स्व. दिपेश स्मृति चौथो सुकुना च्यालेञ्ज कप आजदेखि (खेलतालिकासहित)
गोलनेपाल

सुन्दरहरैचा । खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा–१२, खोर्साने, मोरङको आयोजनामा आजदेखि स्व. दिपेश स्मृति चौथो सुकुना च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

सुन्दरहरैचा–१०, मोरङ स्थित सुकुना खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आरएफसी, धरान र घरेलु टोली सुकुना फुटबल क्लब, मोरङ भिड्दैछन् । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर १५ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments