News स्व. दिपेश स्मृती चौथो सुकुना च्यालेञ्ज कपमा आरएफसीको विजयी शुरुवात
गोलनेपाल

सुन्दरहरैचा । खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा-१२, खोर्साने मोरङको आयोजनामा शुरु स्व. दिपेश स्मृती चौथो सुकुना च्यालेञ्ज कपमा आरएफसी, धरानले विजयी शुरुवात गरेको छ ।

सुन्दरहरैचा-१० स्थित सुकुना खेलमैदानमा भएको खेलमा आरएफसीले घरेलु सुकुना फुटबल क्लब, सुन्दरहरैचालाई २-० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

आरएफसीओ जितमा रोमन लिम्बू र मिलन लिम्बुले गोल गरे । खेलमा आरएफसीका मिलन लिम्बू म्यान अफ दि म्याच समेत घोषित भए ।

यो जितसँगै आरएफसी, धरान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंसिर ९ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल चुलाचुली फुटबल क्लब, इलाम र इन्ट्रा पथरी-११ फुटबल क्लब, मोरङबीच हुनेछ ।

यही मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments