News पाँचौं फुङनाम च्यालेञ्ज कप: आसेटार र आरटिएफसीलाई सफलता
गोलनेपाल

चुलाचुली । पाँचौं फुङनाम च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार आसेटार केयर क्लब र आरटिएफसी चुलाचुलीले आ–आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

दिनको पहिलो खेलमा आसेटार केयर क्लबले खेलकुद विकास समिति, पाँचथरलाई ३–१ ले हरायो । खेलमा आसेटारका निर्मल राई म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो खेलमा आरटिएफसीले आरसीसी, रमिलेलाई ४–१ को सहज अन्तरले पराजित गर्यो । खेलमा आरटिएफसीका विदेशी खेलाडी रिचार्ड म्यान अफ दि म्याच चुनिए ।

फुङनाम स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १४ गतेका दिन हुनेछ ।

 

Post Comments