News एभरेष्ट एफसी अन्तिम चारमा
गोलनेपाल

बेलका । टाईब्रेकरमा जित निकाल्द एभरेष्ट फुटबल क्लब यहाँ जारी प्रथम मैनारानी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको क्वाटरफाइनलतर्फ एभरेष्टले बसाहा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

मेखबारी खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ एभरेष्टका लागि निशान लिम्बुले गोल गरेका थिए भने बसाहाका लागि सन्दिप लिम्बुले गोल गरेका थिए । टाईब्रेकरमा भने एभरेष्ट ३–२ ले विजयी बन्यो ।

खेलमा एभरेष्टका गोलरक्षक सौरभ बराल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १० गते सोमबारको पहिलो सेमिफाइनल खेल आयोजक पञ्चकन्या फुटबल क्लब र गाईघाट फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

पञ्चकन्या फुटबल क्लब, बेलका–८, कोठुको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १४ गतेका दिन हुनेछ ।

 

Post Comments