News जेवाईसिसि डुमरवाना क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

सिमरा । योङ ब्वाई शान्ति टोल क्लब औराहलाई फराकिलो गोलअन्तरले पराजित गर्दै जेवाईसिसि डुमरवाना यहाँ जारी महेन्द्रनगर नकआउट फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

महेन्द्रनगरस्थित आयोजकको स्थानीय खेलमैदानमा सम्पन्न अन्तिम प्रिक्वाटरफाइनल खेलमा डुमरवानाले औराहलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको डुमरवानाले सेमिफाइन प्रवेशका लागि मंसिर १२ गते हुने क्वाटरफाइनल खेलमा आयोजकको ए टिमसंग प्रतिस्पर्धा गर्ने ।

प्रतियोगिता अन्तर्गत मंगलबार ओझेल युवा क्लब टांगियाबस्ती र सिंगोल युवा क्लबबीच खेल हुने आयोजकले जानकारी दियो ।

महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

Post Comments