News आयोजक फुङ्नाम र तोरीबारी सेमिफाइनलमा
गोलनेपाल

चुलाचुली । आयोजक फुङनाम स्र्पोटिङ क्लब र तोरीबारी फुटबल क्लब यहाँ जारी पाँचौं फुङ्नाम च्यालेञ्जकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वाटरफाइनलतर्फ आयोजक फुङनामले त्रवेणी स्पोर्टस क्लबलाई शून्यका विरुद्ध १ गोलले हराएर अन्तिम चारमा स्थान बनायो । खेलमा फुङ्नामका धिरेन क्षेत्री म्यान अफ दि म्याच चुनिए ।

दोस्रो क्वाटरफाइनलतर्फ तोरीबारीले त्रिवेणी नवयुवा क्लबलाई ३–१ को सहज अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

फुङनाम स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १४ गतेका दिन हुनेछ ।

Post Comments