
ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका ४ सॉवामा सम्पन्न अध्यक्ष कप तथा फुङफुङगे महोत्सवमा खुल्ला वडा स्तरीय पुरूष तर्फको उपाघि मेरिङदेन ६ नाल्बुले हात पारेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा फक्ताङलुङ ३ लिङखिमलाइ सडन डेथमा पराजित गर्दै नाल्बुले उपाधि जितेको हो । निर्धारित समयको खेलमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल पेनाल्टि सुटआउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि तीन तीनको बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो । सडन डेथमा चार तिन गोलले निङखिमलाई पराजित गर्दै नाल्बुले उपाधि चुमेको हो ।
उपाधि संगै नाल्वुले एक लाख एघार हजार एक सय एघार सहित ट्रफि मेडल र प्रमाण पत्र साथै उपविजेता लिङखिमले एक सठ्ठी हजार एक सय एघार सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
त्यस्तै खुल्ला वडा स्तरीय महिला तर्फको उपाधि फक्ताङलुङ गाउँपालिका १ सावदेनले जितेको छ ।फाइनलमा मिक्वाखोला ४ थलङलाइ शुन्यका विरूद्ध एक गोलले पराजित गर्दै सावदेनले उपाधि जितेको हो । उपाधि संगै सावदेनले पचपन्न हजार एक सय एघार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता थलङले एकत्तिस हजार एक सय एघार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
फुङफुङगे झरना पर्यटन प्रवद्धन गर्ने उद्धेस्यले मंसिर ७ गते देखि सुरू भएको अध्यक्ष कप तथा फुङफुङगे महोत्सव सभ्य र भव्य रूपमा मंसिर ११ गते सम्पन्न भएको छ। महोत्सबको मुख्य आयोजकमा मिक्वाखोला गाउँपालिका र आयोजकमा फङफङदेन झरना पर्यटन विकास समिति रहेको थियो ।
- ताप्लेजुङ गोल्डकप को तेस्रो संस्करणको तयारीमा नयाँ कार्य समिति चयन
- सॉवा ताप्लेजुङः क्लब स्तरीय फुटबलको उपाधि हिमाली तोक्मेगोलालाइ
- सॉवा ताप्लेजुङः उपाधिका लागि शुक्रबार हिमाली तोक्मेगोला र यातायात ताप्लेजुङ भिडने
- ताप्लेजुङ सॉवा-क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
- सॉवा क्लब स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा