News
संकटासँग मनाङ, मच्छिन्द्रसँग आर्मी निराश

काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दै आफ्नो खातामा तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा संकटाले मनाङ मस्र्याङ्दी क्लबलाई ४–१ ले हरायो । यो जितपछि १२ खेलबाट २१ अंक जोडेको संकटा लिगतालिकाको चौथो स्थानमा छ । पराजित मनाङ भने १९ अंकका साथ छैठौं स्थानमा छ ।
त्यस्तै सोही मैदानमा भएको अर्को खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले निराश तुल्याये । यो जितपछि १२ खेलबाट २१ अंक जोडेको मच्छिन्द्र पाँचौं स्थानमा छ । पराजित आर्मी भने ९ अंकका साथ दशौं स्थानमा संघर्षरत छ ।
Post Comments
Related News
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- जेसी ब्रदर्शलाई डि युनिटी कप यु–२० फुटबल प्रतियोगिताको उपाधि
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न