News
संकटासँग मनाङ, मच्छिन्द्रसँग आर्मी निराश
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दै आफ्नो खातामा तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा संकटाले मनाङ मस्र्याङ्दी क्लबलाई ४–१ ले हरायो । यो जितपछि १२ खेलबाट २१ अंक जोडेको संकटा लिगतालिकाको चौथो स्थानमा छ । पराजित मनाङ भने १९ अंकका साथ छैठौं स्थानमा छ ।
त्यस्तै सोही मैदानमा भएको अर्को खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले निराश तुल्याये । यो जितपछि १२ खेलबाट २१ अंक जोडेको मच्छिन्द्र पाँचौं स्थानमा छ । पराजित आर्मी भने ९ अंकका साथ दशौं स्थानमा संघर्षरत छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने