News पथरीशनिश्चरे प्रिमियर लिगः हिमाअस र हेरिका न्यू स्टारको बराबरी
गोपाल काफ्ले

पथरी । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको सोमबार भएको खेलमा हिमाअस हाईवे र हेरिका न्यू स्टारले बराबरी खेल्दै अंक बाडेका छन । पथरी रंगशालामा भएको खेलमा हिमाअस हाईवेका आशिश गुरुङले पहिलो हाफको २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए ।

खेलमा १–० ले पछि परेको हेरिका न्यू स्टारले खेलको दोस्रो हाफमा पेनाल्टीको अवसर पाएको थियो । जसलाई दोस्रो हाफको ४३औँ मिनेटमा कप्तान मिन धिमालले गोलमा परिणत गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए भने टोलीको सम्भावित हार समेत टारेका थिए ।

लिगको दोस्रो चरणको पहिलो खेल खेल्दै हिमाअस हाईवेले २ र हेरिका न्यू स्टारले १ अंक बटुलेको छ । सोमबारको खेलको म्यान अफ द म्याच हेरिका न्यू स्टारका कप्तान मिन धिमाल घोषित भए ।

लिग अन्तरगत मंगलबारको खेल शिखर एफसी र सिरजंगा एफसीबीच हुने आयोजक कमिटीले जनाएको छ । आउँदो पौष ११ गतेसम्म चल्ने लिगको विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

Post Comments