News
पिलुवा एफसी सेमिफाइनलमा

सिमरा । मकवानपुरको लेभल अप क्लबलाई पराजित गर्दै पिलुवा फुटबल क्लब जारी महेन्द्रनगर नकआउट फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा भएको खेलमा मकवानपुरलाई ५–१ ले पराजित गर्दै पिलुवा अन्तिम चारमा प्रवेश गरेको हो । पिलुवाका लागि अमित बछारले तीन गोल गर्दै हयाट्रिक गरेका थिए ।
महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।
Post Comments