News
झापा क्रियटिभ जीतपुरसिमरा भेट्रान फूटबलको फाइनलमा प्रवेश
सिमरा । प्ले टुगेदर झापा सिमरामा जारी क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार भएको सेमिफाइनल खेलमा डुमरवाना भेट्रान क्लबलाई १–० ले पराजित गर्दै झापा अन्तिम दुईमा प्रवेश गरेको हो ।
झापाको जितमा नरेन्द्रमणी लिम्बुले निर्णायक गोल गरेका थिए । खेलको २१औं मिनेटमा लिम्बुले गरेको गोल निर्णायक बनेको हो । खेलको प्लेयर अफ दि म्याच झापाका विष्णु सुनुवार घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले प्लेयर अफ दि म्याचको ट्रफि प्रदान गरेका थिए ।
नव जनजागृति भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट