News महेन्द्रनगर कपः डुमरवाना भेट्रान सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सिमरा । डुमरवाना भेट्रान क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

जीतपुरसिमरा १६ स्थित महेन्द्रनगर खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा जीतपुरसिमरा स्पोर्ट्स क्लबलाई २–१ ले पराजित गर्दै डुमरवानाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

डुमरवानाका लागि मोहित गुरुङले दुई गोल गरेका थिए । जीतपुरसिमरा स्पोर्ट्सका लागि सुबोध लामाले एक गोल फर्काएपनि हार टार्न सकेनन् ।

खेलको प्लेयर अफ दि म्याच डुमरवानाका मोहित गुरुङ घोषित भए । उनलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका मधेश प्रदेश अध्यक्ष रवीन्द्रराज भण्डारीले पुरस्कृत गरेका थिए ।

Post Comments