News हुम्लाको सिमिकोटमा यु–१३ र यु–१७ विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न
गोलनेपाल

सिमिकोट । हुम्ला फुटबल एकेडेमीको आयोजनामा सम्पन्न भएको यु–१३ र यु–१७ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि क्रमशः कैलाश बोधी बोर्डिङ स्कुल र बाल मन्दिर सेकेण्डरी स्कुलले जितेको छ ।

यु–१३ तर्फको फाइनलमा कैलाश बोधीले बाल मन्दिर स्कुललाई हराउँदै उपाधि जित्न सफल भयो । विजेता बनेको कैलाश बोधीले उपाधिसहित १०,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बाल मन्दिरले नगद ५,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै यु–१७ तर्फको फाइनलमा बाल मन्दिर सेकेण्डरी स्कुलले मानसरोवर हाई स्कुललाई हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो । विजेता बनेको बाल मन्दिरले उपाधिसहित नगद ५०,१११ रुपैयाँ हात पार्यो भने उपविजेता मानसरोवरले ३०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

कर्णाली प्रदेश खेलकुद विकास समिति, कर्णाली प्रदेश फुटबल संघ तथा सिमकोट गाउँपालिका, हुम्लाको सह–आयोजनामा लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा यु–१७ तर्फ पाँच र यु–१३ तर्फ चार गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments