News फर्साटिकरलाई स्तब्ध पार्दै चाँदनी तेस्रो समपुर्ण कपको सेमिफाइनलमा
सुरज राना मगर

सुपौली । प्रतियोगिताको बलियो प्रत्याशीका रुपमा हेरिएको फर्साटिकर युवा क्लब, फर्साटिकरलाई स्तब्ध पार्दै चाँदनी युवा क्लब, दानापुर जारी स्व. बस बहादुर शेरपुजा तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ चाँदनीले फर्साटिकरलाई २–० ले हरायो । तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा चाँदनीका लागि सुजित बुढाथोकी र एरोन थापा मगरले गोल गरे ।

खेलको म्यान अफ दि म्याच भने चाँदनी कै डिफेन्डर सुशिल कुमार यादव घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १७ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल सिम्रिक युवा क्लब, बुटवल र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।

Post Comments