News प्रथम महुली मिनी गोल्डकप शुरु, बसाहाको विजयी शुरुवात
गोलनेपाल

महुली । आइतबारदेखि शुरु भएको प्रथम महुली मिनी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा बसाहा फुटबल क्लब, उदयपुरले विजयी शुरुवात गरेको छ ।

महुली, सप्तरी स्थित भुजेल टोल खेलमैदानमा भएको उद्घाटन खेलमा बसाहाले बुढासुब्बा युथ क्लब, मोरङलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

बसाहाको जितमा बिबेक विश्वकर्मा र रोजन मगरले गोल गरे । बसाहा कै गोलकर्ता बिबेक विश्वकर्मा खेलको म्यान अफ दि म्याच समेत चुनिए । यो जितसँगै बसाहा सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत मंसिर १७ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल महुली फुटबल क्लब, सप्तरी र मधेश प्रदेश प्रहरी तालिम केन्द्र, राजबिराजबीच हुने आयोजकले जानकारी दियो ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को कार्यालयको आयोजना तथा महुली फुटबल क्लब, महुली, सप्तरीको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २५ गतेका दिन हुनेछ ।

Post Comments