News
भुटानसँगको मैत्रीपूर्ण खेलका लागि युथ महिला टोलीको मुख्य प्रशिक्षकमा याम गुरुङ्ग नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानको यु–१९ महिला फुटबल टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा याम प्रसाद गुरुङ्गलाई नियुक्त गरेको छ ।
त्यस्तै सहायक प्रशिक्षकमा किरण कार्की र टिम म्यानेजरमा इन्दु दुवाललाइर्ए नियुक्त गरिएको एन्फाले जनाएको छ । साथै तीनै जनालाई एन्फाका महासचिव किरन राईले एक कार्यक्रमका बीच नियुक्तिपत्र समेत हस्तान्तरण गरेका छन् ।
स्मरण रहोस, नेपालले भुटानको यु–१९ महिला फुटबल टोलीसँग आउँदो पुष ७ गते (डिसेम्बर २२ तारीख) का दिन नेपाल मै मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । जुन खेल सम्भवत दशरथ रंगशाला मै हुनेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान