News प्रथम सतिसाले च्यालेञ्ज कप पुष पहिलो सातादेखि (खेलतालिकासहित)
गोलनेपाल

केराबारी । सतिसाले स्र्पोटिङ क्लब, केराबारी, मोरङको आयोजनामा आउँदो पुष १ गतेदेखि प्रथम सतिसाले च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

केराबारी–६, मोरङ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । पुष १ गतेका दिन हुने उद्घाटन खेलमा आयोजक सतिसाले स्र्पोटिङ क्लब, सतिसाले र तालतलैया ब्वाईज फुटबल क्लब, तालतलैया भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० हजार ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने पुष ७ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, प्रतियोगिताका सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments