News
विश्वकप खेलेका स्वीस खेलाडी वोगेल नेपालमा
काठमाडौं । दशक बढी स्वीजरल्याण्डको राष्ट्रिय फुटबल टोलीबाट खेलेका पूर्व स्वीस अन्तर्राष्ट्रिय खेलाडी जोहान वोगेल एक विशेष कार्यक्रमका लागि नेपाल आएका छन् ।
युथ फुटबल कार्यक्रमका लागि फुटबल एकेडेमी नेपालको विशेष निम्तोमा वागेल नेपाल आएका हुन् । करिब साता दिन बसाईको क्रममा उनले युथ खेलाडीहरुसँग अन्तरक्रियासँगै फुटबल सम्बन्धी आफ्नो अनुभव, प्रशिक्षण र सहजीकरण गर्नेछन् ।
सन् १९९५ देखि २००७ सम्म स्वीजरल्याण्डको राष्ट्रिय फुटबल टोलीबाट खेल्ने क्रममा वोगेलले सन् १९९६ र २००४ को प्रतिष्ठित युइएफए युरो कप खेल्नुका साथै सन् २००६ को फिफा विश्वकप पनि खेलेका थिए ।
क्लब फुटबलमा भने उनले एसी मिलान (इटाली), पिएसभी (नेदरल्याण्डस), ब्ल्याकबर्न रोवर्स (इङल्याण्ड) जस्ता क्लबहरुबाट व्यवसायीक फुटबल समेत खेलेका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै