News
थ्रीस्टारले आर्मीलाई हरायो, खुमलटारसँग मनाङ स्तब्ध
काठमाडौं । ललित स्मृति यु–१८ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलहरुमा समान अन्तरको न ितजा निस्किएका छन् ।
एन्फा कम्प्लेक्समा भएको दुई खेलहरुतर्फ पहिलो खेलमा थ्रीस्टार फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–२ ले हरायो । यो नतिजापछि १६ खेलबाट २९ अंक भएको छ र शिर्ष तीनमा उक्लिएको छ । पराजित आर्मीको खातामा भने १२ अंक छ र पुछारतिरै संघर्षरत छ ।
त्यस्तै अर्को खेलमा एफसी खुमलटारले मनाङ मस्र्याङ्दी क्लबमाथि समान ३–२ को रोमाञ्चक र सनसनीपूर्ण जित निकाल्यो । यो जितपछि खुमलटारको १६ खेलबाट ११ अंक भएको छ र लिगतालिकाको ११औं स्थान मै कायम छ । पराजित मनाङको भने २५ अंक छ र लिगतालिकाको मध्यतिर कायम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा