News
संकटासँग आर्मी निराश, मच्छिन्द्र र एनआरटीको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत बुधबार संकटा फुटबल क्लबले महत्वपूर्ण जित हात पार्दा मच्छिन्द्र फुटबल क्लब र न्युरोडटिम (एनआरटी) ले बराबरी खेलेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले आर्मीलाई ३–१ ले हरायो । यो नतिजापछि १७ खेलबाट ३३ अंक भएको छ र शिर्षताको होडमा कायम छ । पराजित आर्मी भने १२ अंकका साथ पुछारतिर १०औं स्थानमा छ ।
त्यस्तै अर्को खेलमा मच्छिन्द्र र एनआरटीले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १७ खेलबाट ३२ अंक जोडेको एनआरटी पनि शिर्षताको होडमा छ । त्यस्तै मच्छिन्द्र भने २८ अंकका साथ पाँचौं स्थानमा छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने