News
एपिएफ गण्डकी फाइनलमा, उपाधिका लागि एन्फा कास्कीसँग भिड्ने

पोखरा । झिनो अन्तरको जितका साथ एपिएफ गण्डकी मुख्यालय जारी २५औं आदर्श कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले एन्फा गोरखालाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । लेखनाथ रंगशालामा भएको खेलमा एपिएफका लागि सुजन तामाङले एक मात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ दि म्याच भने एपिएफ कै गोलरक्षक अजित बिक घोषित भए । एपिएफले अब मंसिर २९ गते हुने फाइनलमा एन्फा कास्की–११ सँग उपाधिका लागि भिड्नेछ ।
आदर्श युवा क्लब, पोखरा९२९, भण्डारढिक, सैनिकवस्तीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४२५५२५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२५५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments