तेल्लोक । ताप्लेजुङको सिरिजङगामा तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा जारी चौथो सिरिजङगा गोल्डकपको पहिलो सेमिफाइनलमा तेल्लोक स्पोटिङ क्लब ताप्लेजुङलाई दुइका विरूद्ध तीन गोलले पराजित गर्दै मरिक एफसी सुनसरी धरान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
तेल्लोक मा.वि.को खेल मैदानमा बिहीबार सम्पन्न पहिलो सेमिफाइमलमा मरिक एफसीको जितका लागि भुवन बस्नेत,सबिन घिमिरे र निश्चल लामाले एक/एक गोल गरे ।
तेल्लोक स्पोर्टिङका लागि असिम लिम्बु र नबिन भुजेलले एक एक/गोल गरे ।
खेलको म्यान अफ दि म्याच मरिक एफसीका सुमन राना घोषित भए । रानाले नगद दुइ हजार एक सय सहित ट्र्फि प्राप्त गरे ।
ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गरिएको चौथो सिरिजङगा अन्तराष्ट्रिय आमन्त्रित गोल्डकपको शुक्रबार अन्तिम सेमिफाइनलमा ब्रदरहुड एफसी उदयपुर र वाइ वाइ पॉचथर फुटबल क्लब भिड्नेछन ।
आठ टिम सहभागि रहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार ५ सय ५५ सहित ट्रफि र उपविजेताले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफि प्राप्त गर्ने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश