
हेटौडा । वार्ड अध्यक्ष यु–१५ कप युथ फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार पनि पाँच खेलहरु सम्पन्न भएका छन् ।
पिप्ले क्याम्पा रंगशालामा भएको दिनको पहिलो खेलमा रियल स्टार क्लबले ज्ञानकुञ्ज क्लबलाई पेनाल्टी शुटआउटमा हरायो । खेलमा रियल स्टारका सन्दिप गोले म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा न्यु डाँफे युवा क्लबले बार्सा हेटौडालाई ३–० ले पराजित गर्यो । खेलमा न्यु डाँफेका सोहित वाइबा म्यान अफ दि म्याच चुनिए । तेस्रो खेलमा देवनगर फुटबल क्लबले बिरगंज स्पोर्टस एकेडेमीलाई पेनाल्टी शुटआउटमा पराजित गर्यो । खेलमा देवनगरका गोलरक्षक सौगात देउला म्यान अफ दि म्याच घोषित भए ।
चौथो खेलमा गैरीबारी फुटबल एकेडेमीले डाँडाबास फुटबल क्लबलाई हरायो । खेलमा गैरीबारीका राज घले म्यान अफ दि म्याच चुनिए । त्यस्तै दिनको अन्तिम खेलमा वाल्मिकी शिक्षा सदनले कमाने फुटबल एकेडेमीलाई हरायो । खेलमा वाल्मिकीका रमेश अधिकारी म्यान अफ दि म्याच बने ।
पिप्ले युवा क्लब, हेटौडा–५, पिप्ले, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा