
हेटौडा । यहाँ जारी वार्ड अध्यक्ष यु–१५ कप फुटबल प्रतियोगिता अन्तर्गत देबनगर फुटबल क्लब, न्यु डाँफे युवा क्लब, रियल स्टार क्लब र गैरिबारी फुटबल एकेडेमी सेमीफाइनलमा प्रबेश गरेका छन् ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा देवनगरले दिव्य स्पोर्टस एकेडेमीलाइ पेनाल्टी सुटआउटमा ५(४ ले पराजित गरि सेमीफाईनलमा प्रबेश गरेको हो । उक्त खेलमा दिव्य स्पोर्टसको अन्जान अधिकारी म्यान अफ द म्याच भए ।
दोस्रो क्वाटरफाइनलमा रियल स्टार क्लब हेटाैडाले वाल्मीकि शिक्षा सदन चितवनलाई एक शुन्यले पराजित गरेको हो । उक्त खेलमा रियल स्टारका आशिष पाख्रिन म्यान अफ द म्याच भए ।
तेस्रो क्वाटरफाइनल खेलमा न्यु डाँफे युवा क्लबले नागस्वती फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ८-७ ले पराजित गर्यो । उक्त खेलमा न्यु डाफेको अभिराज थापा खेलको म्यान अफ द म्याच भए ।
त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा गैरिबारी फुटबल एकेडेमीले पिप्ले युवा क्लब हेटौडालाई पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गरि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । उक्त खेलमा गैरिबारीका युकेश गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए ।
पिप्ले युवा क्लब, हेटौडा–५, पिप्ले, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा