News स्व. प्रशन्न श्रेष्ठ स्मृति प्रथम खस्यौली कप शुरु
गोलनेपाल

बुटवल । रुपन्देहीको खेलकुद क्षेत्रमा आफूलाई अभ्यस्त र व्यस्त राख्न प्रयासरत खस्यौली एफसी, बुटवलको आयोजनामा शनिबारदेखि स्व. प्रशन्न श्रेष्ठ स्मृति प्रथम खस्यौली कप खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा नगर स्थित मोनासिला फुटसलमा शुरु भएको दुई दिने प्रतियोगिताको पहिलो दिन पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । मंसिर ३० गते आइतबार प्रतियोगिताका क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसँगै समापन हुने खेल संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको मुख्य प्रयोजक तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दिवंगत प्रशन्न श्रेष्ठका हजुरबुवा चिञ्जिवी श्रेष्ठले गरेका थिए । युवा खेलकुद अभियन्ता राजु भट्टराईको संचालनमा भएको प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका अध्यक्ष अमित आचार्य, क्लबका संरक्षक गोपाल प्रधान लगायतले मन्तव्य दिएका थिए ।

कुल २० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित आचार्यले बताए ।

Post Comments
Advertisement Yamaha Nepal