News
११औं फाल्गुनन्द गोल्डकपको खेलतालिका सार्वजनिक

फिदिम । फिदिम स्र्पोटिङ क्लब, पाँचथरको आयोजनामा यही पुष ६ गतेदेखि शुरु हुने ११औं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा पुष ६ गतेका दिन आयोजक फिदिम स्र्पोटिङ क्लब, पाँचथर र करसाङ फुटबल क्लब, करसाङ भिड्नेछन् । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल पुष १५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०,०५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
Post Comments